अघि बढ्न सकेन देवघाटमा त्रिकोणात्मक पुलको काम

चितवन । धार्मिक एवं पर्यटकीय क्षेत्र देवघाटमा तीन जिल्ला जोड्नेगरी निर्माण गर्ने भनिएको त्रिकोणात्मक पुलको काम अझै अघि बढ्न सकेको छैन । तनहुँ, नवलपुर र चितवनलाई जोड्नेगरी बनाइने त्रिकोणात्मक पुलको काम हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा मात्र सीमित छ । देवघाट क्षेत्र विकास समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्नेगरी २०७३ सालमा त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको थियो । तर बजेट अभावले योजनाको काम शुरू हुन नसकेको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले उक्त पुल निर्माणमा बजेट नै नपरेको बताए । पुलको निर्माण लागत ८२ करोड रुपैयाँ रहने बताइएको छ । यसअघि संघीय सरकारले त्रिकोणात्मक पुल निर्माणका लागि २० लाख रुपैयाँ बजेट दिएको थियो । ‘२० लाख बजेटले के गर्न सकिन्छ र ? ८२ करोडको योजना छ, कुनै काम अघि नबढेपछि रकम फ्रिज भएर गयो,’ अधिकारीले भने । सरकारले पहिलो चरणमा १० करोड बजेट पारे पुलको शिलान्यास गरेर काम शुरू गर्न सकिने उनले बताए । ‘पुलको डिजाइन भइसकेको छ, डीपीआर पूरा भएको छ तर बजेट अभावले काम अघि बढेको छैन,’ उनले भने । चितवन र तनहुँ जोड्नेगरी त्रिशूलीमाथि रहेको अहिलेको झोलुंगे पुल जीर्ण हुँदै गएको छ । देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पनि त्रिकोणात्मक पुल आवश्यक रहेको अधिकारीको भनाइ छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले योजना परे पनि बजेट नपर्दा पुल निर्माण अलपत्र परेको बताए । ‘२०७३ सालमै पुल निर्माण प्रक्रिया अघि बढाइएको हो । तर यसमा न सरकारले चासो देखायो, न त प्राथमिकतामै पर्‍यो,’ उनले भने । पूर्वअध्यक्ष पौडेल हाल त्रिकोणात्मक पुल कार्यान्वयन उपसमितिको संयोजक समेत हुन् । संघीय सरकारले बजेट विनियोजन नगरी निर्माण सम्पन्न हुन नसक्ने उनले बताए । देवघाटमा त्रिकोणात्मक पुल निर्माण भए धार्मिक पर्यटन प्रर्वद्धन तथा स्थानीयको आयआर्जन समेत बढ्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरूमैै बोलपत्र आह्वान गर्न सकिने देवघाट क्षेत्र विकास समितिले बताएको छ । डिजाइन अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फको लम्बाइ समान १९० मिटर छ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ । पुल २ दशमलव ४ मिटर फराकिलो हुन्छ । पुलमा आकर्षक र उच्चस्तरीय स्टीलको प्रयोग हुने बताइएको छ ।

सम्बन्धित सामग्री

माधव नेपालको आरोप- सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति सन्तुष्टि गर्न सकिने खालको नभएको बताएका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । […] The post माधव नेपालको आरोप- सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिला आयोगले काम गर्न सकेन : महिला मन्त्री

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु विडम्बना भएको उनको टिप्पणी थियो। शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढ्दै गएको अवस्थामा महिला आयोगले काम गर्न नसक्नु दुःखद भएको गुनासो गरिन्।उनले मन्त्रालयमा बजेट अभावले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको पनि स्पष्ट पारिन्। मन्

एक हप्तादेखि रोकिएको धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेन

काठमाडौँ- विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने […]

तीन वर्षसम्म सम्पन्न हुन सकेन ब्लक 'ए' स्तरोन्नतीको काम

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भएपनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए । उनले एमाले समृद्ध नेपाल बनाउने […]

गठबन्धन सरकारले जनताको हितमा काम गर्न सकेन : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन्।  एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले...

आठ वर्षसम्म हुन सकेन नयाँ शहरको काम

सुर्खेत :  काम नगरिँदा आठ वर्षदेखि नयाँ शहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन बाँझै रहेको छ।‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहन गएको हो।नयाँ शहर आयोजनाअन्तर्गत रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो।नयाँ शहर आयोजना कार्यालयले असारमै सम्पन्न गरिसक्नुपर्ने डीपीआर जिम्मेवार निकायको ढिलास

सरकार भए पनि काम गर्न सकेन : भीम आचार्य

विराटनगर : प्रदेश १ नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकार भए पनि काम गर्न नसकेको बताएका छन्।आज (आइतबार) बसेको प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्ने क्रममा आचार्यले सरकार भए पनि काम दिन नसकेको र जनतालाई सम्बोधन गर्न नसकेको बताएका हुन्।मन्त्रालय विभाजन गरी आकार ठूलो बनाएको सरकाले जनताको काम गर्न नसक्ने तर्क दिँदै उनले संसद्‌लाई विधेयक दिन नसक्ने सरकारले विकास निर्माणको काम गर्न नसकेको बताए।उनले राजनीतिको विकृत अभ्यासबाट सरकार बनेको बताउँदै उनले जसरी जन्मियो त्य

‘चुरीफुरी’ले दिन सकेन नेपाली बक्स अफिसलाई राहत

११ पुस, काठमाडौं । ‘स्पाइडर म्यान’ र ‘पुष्पा’को वर्चस्व रहेको समयमा रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ले बक्स अफिसमा सुखद् शुरुआत गर्न सकेन । लामो समयसम्म हलमा देखिएको नेपाली चलचित्रको खडेरीलाई तोड्ने काम ‘चुरीफुरी’ले गरेपनि दर्शकको उपस्थिति भने फितलो देखिएको छ । ऋषिराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रलाई देशका सबैजसो मल्टिप्लेक्सले निक्कै कम शो उपलब्ध […]

लगानी अभावमा लक्ष्य अनुसार काम हुन सकेन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताएका छन्।  बुधवार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समोरोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण...