२०७८ सालमा सम्पन्न हुन लागेका केही महत्त्वपूर्ण काम

नयाँ वर्ष २०७८ साल सुरु भएको छ । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै देशलाई प्रगति र उन्नतितर्फ अग्रसर गराउनका लागि पहल गर्ने बताउनुभयो । अघिल्लो वर्षको नयाँ वर्षमा पनि उहाँले यस्तै सम्बोधन र शुभकामना दिनुभएको थियो । तर वर्ष २०७७ प्रधानमन्त्रीले भन्नुभएजस्तो त्यति फलदायी हुन सकेन । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका दृष्टिले विभिन्न उल्झनमै बित्यो । कोरोना महामारीले देश निक्कै आक्रान्त बन्यो । तर पनि विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झना...

सम्बन्धित सामग्री

ब्याजदरभन्दा ऋणको उत्पादकत्व महत्त्वपूर्ण

एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग नेपालले सस्तो ब्याजदरमा ऋण दिन आग्रह गरे । एआईआईबी वित्तीय स्रोत उपलब्ध गराउनसक्ने महत्त्वपूर्ण अन्तरराष्ट्रिय बहुपक्षीय बंैक भए पनि तुलनात्मक रूपमा अन्य विकास साझेदारहरूको भन्दा यसको ब्याजदर उच्च रहेको छ । नेपालले स्रोतको जोहो गर्दा सम्भावित सहयोगदाता खोज्नु स्वाभाविक हो र ऋण सहयोगमा ब्याजदर महत्त्वपूर्ण पक्ष हो । तर, ब्याजदर सस्तो वा महँगो जे भए पनि अर्थतन्त्रमा उत्पादकत्व बढाउँदैन भने ऋण जहिले पनि पासो बन्न सक्छ ।  पछिल्ला वर्षहरूमा नेपालको सार्वजनिक ऋणको हिस्सा बढ्दो छ र कुल गार्हस्थ्य उत्पादनको आधा अंश पुग्न लागिसकेको छ । नेपालले आन्तरिक बजारमा नै अहिले सस्तोमा ब्याजदरमा पर्याप्त ऋण पाइरहेको छ । त्यति मात्र होइन, विदेशी विनिमय सञ्चिति ऐतिहासिक स्तरमा नै उच्च रहेको छ । नेपालले आफ्नै स्रोत सञ्चालन गर्न नसकिरहेको अवस्थामा ब्याजदर घटाइदेऊ भनेर रोईकराई किन गर्नु परेको हो भन्न सकिँदैन । यसै पनि एआईआईबीको ऋण महँगो हुन्छ । उसले अमेरिकी सरकारको ऋणपत्रको धितोमा ऋण प्रवाह गर्दा लाग्ने ब्याजदरलाई आधार मान्ने गरेको छ जसअनुसार दिनदिनै यसको ब्याजदर परिवर्तत हुन्छ । नेपालले एआईआईबीले भन्दा सस्तो ब्याजमा ऋण दिने अन्तरराष्ट्रिय विकास साझेदारहरूसँग ऋण पाइनै रहेको छ । सस्तो ब्याजदर पाइने संस्थासँग ऋण लिँदा पुग्ने अवस्थामा महँगो ब्याजदर लिनेसँग ब्याजदर घटाइदेऊ भन्नै अनुनयविनय गर्नुपर्ने तात्त्िवक कारण देखिँदैन ।  विकास निर्माणको काम ऋणबाट नै गर्नुपर्ने हुन्छ । तर, त्यसो भन्दैमा जथाभावी ऋण लिए भोलिका दिनमा त्यो तिर्न नसक्ने अवस्थामा पुग्न पनि सक्छ । त्यसैले नेपालले पर्याप्त अध्ययन र विश्लेषण गरेर ऋण लिनुपर्छ । नेपालले चीनसँग लिएको ऋण सबैभन्दा महँगो मानिन्छ । यही ऋणबाट बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलले अन्तरराष्ट्रिय उडानको सेवा दिन सकेको छैन । एशियाली विकास बैंकको ऋणबाट बनेको भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको पनि हालत उस्तै छ । यी विमानस्थल उच्च क्षमतामा सञ्चालन हुन सकेका भए ब्याजदरको अन्तरले केही फरक पार्ने थिएन । त्यसैले ब्याजदरभन्दा पनि ऋण कुन क्षेत्रमा प्रयोग भएको छ र त्यसको उत्पादकत्व कति छ भन्ने कुरा निर्णायक हुनुपर्छ । नेपालले ऋण लिएर बनाएका कुनै पनि परियोजनाले सही उत्पादकत्व दिन सकेको पाइँदैन । यसो हुनुको कारण कुनै पनि आयोजनाहरू समयमा सम्पन्न नहुनु हो । आयोजना निर्माणमा ढिलाइ भएपछि त्यसको लागत निकै बढ्न जान्छ र आयोजना सम्पन्न भएपछि त्यसले दिने प्रतिफल पनि प्रभावित हुन्छ । एशियाली विकास बैंकको ऋण सहयोगमा बनेको मेलम्ची खानेपानी आयोजनालाई हेरेर भन्न सकिन्छ, नेपालको कार्यक्षमता कमजोर भएकाले ऋणले दिने प्रतिफल कमजोर छ ।  नेपालले सस्तो ब्याजदरमा लिएको ऋण उपभोग गर्न नसक्दा ऋण नै फिर्ता लान लागेको समेत चर्चा छ । विश्व बैंकले डिजिटल फ्रेमवर्कका लागि दिएको १४ अर्ब ऋण फिर्ता लैजान आँटेको सुन्नमा आएको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि लिएको ऋणको पनि उपयोग हुन सकेको छैन । यस्तोमा ब्याजदर महँगो भयो घटाऊ भनेर किन भन्नु परेको हो ? कुनै निकायबाट पनि ऋण सहयोग नपाएको अवस्था  भएको भए यस्तो आग्रह गर्नुपर्ने पनि हुन्थ्यो । तर, नेपाललाई यस्तो अवस्था छैन ।  अहिले सरकारले विभिन्न शीर्षकमा ऋण लिएर कर्मचारीलाई तलब खुवाउन प्रयोग गरेको भन्ने समेत कतिपय अर्थशास्त्रीले विश्लेषण गरेका छन् । जुन शीर्षकमा सहयोग लिइएको छ त्यो हेर्दा यो भनाइ सही हो भन्ने देखिन्छ । विकास निर्माणको काम ऋणबाट नै गर्नुपर्ने हुन्छ । तर, त्यसो भन्दैमा जथाभावी ऋण लिए भोलिका दिनमा त्यो तिर्न नसक्ने अवस्थामा पुग्न पनि सक्छ । त्यसैले नेपालले ऋण लिँदा पर्याप्त अध्ययन र विश्लेषण गरेर लिनुपर्छ । सित्तैमा पाए अलकत्रा खाने भनेझैं सस्तो भन्दै जथाभावी ऋण लिन थालियो भने भोलि मुलुकले साँवाब्याज तिर्न नसक्ने अवस्था आउँछ । वित्तीय व्यवस्थापन गर्न नसक्ने अवस्था आउन नदिन सतर्क भएर ऋण लिनेतर्फ लाग्नुपर्छ ।

अभियान लघुवित्तको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ । गोष्ठीमा सञ्चालक, संस्थाका ५ अनुगमन कार्यालय प्रमुख र ६० शाखा प्रमुखको उपस्थिति थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराम थापाले बैंकसम्म वित्तीय पहुँच नभएका दुर्गम क्षेत्रका नागरिकलाई लघुवित्त संस्थाले घरदैलोमा पुगेर वित्तीय सेवा दिइरहेको बताए । ‘कृषि कर्जा, पशुपालन कर्जा, मौसमी कर्जा दिएर आम किसानको हितको लागि लघुवित्त संस्थाले महत्त्वपूर्ण काम गरेको छ,’ अध्यक्ष थापाले भने । गोष्ठीमा संस्थाका सञ्चालक भोजराज भट्टराईले महिला, किसान र आर्थिक तथा सामाजिक रूपमा पछि परेका वर्गको हितमा काम गर्नुपर्ने र उनीहरूको हित भएमा मात्र संस्थाको हित हुने बताए । कार्यक्रममा सञ्चालक केशव थापाले लघुवित्त कार्यक्रमले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । गोष्ठीमा प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले लघुवित्त कार्यक्रमबाट ऋणीको हितलाई ध्यान दिएर काम गर्नुपर्ने भन्दै लघुवित्त संस्थाका शाखा संख्या धेरै भएर पनि पछिल्लो असहज स्थिति आएको बताए ।

योजनाका काम समयमै सम्पन्न गर्न बुटबल उपमहानगरका प्रमुख पाण्डेयले दिए निर्देशन

रूपन्देही- बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका महत्त्वपूर्ण योजना वर्षाअघि नै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र उपमहानगरपालिकाको लगानीमा सञ्चालित योजनाको शुक्रबार अनुगमनका क्रममा उनले निर्माणाधीन योजना वर्षाअघि नै सम्पन्न गर्न निर्देशन दिएका हुन्। बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको प्रमुख राजमार्ग क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र र रानीगञ्जसम्मका […]

गभर्नरज्यू, बैँकको काम ठग्नेमात्र हो?

पोखरामा सम्पन्न साहित्य महोत्सवका क्रममा गभर्नर महाप्रसाद अधिकारीलाई सोध्न मन लागेका कतिपय प्रश्न समयको सीमाका कारण सोध्न पाइन। यही लेखमार्फत ती प्रश्नहरु गभर्नर अधिकारीलाई राखेको छु। १. गभर्नरज्यू, राष्ट्र बैँकले जारी गर्ने मौद्रिक नीति निर्माणका क्रममा बैँकका महत्त्वपूर्ण सरोकारवालाको आवाज सुन्ने कुनै संयन्त्र हुँदैन। बैँकका लगानीकर्ताहरुको मात्र आवाज सुनेर मौद्रिक नीतिको निर्माण हुन्छ। बैँकबाट लाख, […]

अर्थ मन्त्रालयको सक्रियता, ४५ दिनमा सक्यो महत्त्वपूर्ण ५० काम (सूचीसहित)

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ४५ दिनमा सक्रियता देखाएको छ । आर्थिक वर्ष सुरु भएको ४५ दिनमा मन्त्रालयले महत्त्वपूर्ण ५० काम सम्पन्न गरेको छ । बजेट कार्यान्वयन गर्नदेखि मन्त्रालय अन्तरगतका काम गर्न अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा मन्त्रालयले विशेष सक्रियता देखाएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार योबीचमा संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको […]

जनमुखी निर्णय गर्दै जनप्रतिनिधि

दिपायल : वैशाख ३० गते सम्पन्न भएको डोटीका स्थानीय तहका नवनिर्वाचित प्रमुखहरूले बिहीबार जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृतबाट शपथ लिएका छन्। शपथ लिएपछि आ–आफ्नो पालिकामा उपप्रमुख लगायतका जनप्रतिनिधिहरूलाई समेत शपथ खुवाउने र पदभार ग्रहण गर्ने काम भइरहेको छ।नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्ने क्रममा स्थानीय तहका प्रमुखहरूले जनमुखी निर्णय गरिरहेका छन्। आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले पदभार ग्रहण गर्दै महत्त्वपूर्ण दुईवटा निर्णय गरेका छन्। उनले पालिकाभित्रक

पुनःनिर्मित काष्ठमण्डप केही दिनमै लोकार्पण गरिने

काठमाडौँ : विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारक्षेत्रको महत्त्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।पुनःनिर्माण सम्पन्न भए पनि पेटी र काठको बार लगाउने काम अन्तिम चरणमा भइरहेकाले केही दिनमा लोकार्पण गरिने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ लागतमा पुनःनिर्माण भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।उनले भने, ‘समितिले महानगरपालिकासँग ४ चरणमा गरी  ११ करोड ५० लाख लिएको छ। समितिले २०७५ जेठ २९ गते

दलहरु आपसमा झगडा गरेर संविधानलाई कमजोर बनाउन पाइँदैन

हामीले धेरै मेहनत गरेर संविधानसभाबाट संविधान बनायौँ। सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको प्रतिनिधि संस्था संविधानसभाबाट संविधान जारी गर्नु धेरै महत्त्वपूर्ण र उपलब्धिपूर्ण कुरा हो । संविधान जारी भएसँगै ७० वर्षदेखिको नागरिकको चाहना र भावनाले मूर्त रुप पाएको छ । संविधान कार्यान्वयन गर्ने सन्दर्भमा यस बीचमा हामीले धेरै काम सम्पन्न गर्यौँ ।  हामीले देशका कानुनहरुलाई संविधानसम्मत गराउने काम गर्यौँ । मौलिक अधिकारका धेरै कानुन निर्माण गर्यौँ । यसबीचमा संविधान अन्तर्गत चुनावहरु सम्पन्न  भए । पालिका, प्रदेशको र सङ्घीय...

सडक बनेपछि पाटेनागी पुग्न सहज

इलाम – इलाम नगरपालिका ३ पुवामझुवाको पाटेनागी पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । रक्सेको बागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ किलोमिटर कच्ची मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो ।  नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडामार्फत सडक खन्ने काम सम्पन्न भएसँगै अब पर्यटकलाई पाटेनागी पुग्न झण्डै २५ मिनेट समय लाग्ने भएको पालिकाका कर्मचारी हेमराज ढकालले बताउनुभयो ।धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि महत्त्वपूर्ण मानिएको इलामको पाटेनागी कुहिभिर हुँदै पुग्न सकिन्छ । ‘सडक नबन्दासम्म पाटेनागी पुग्न चार घण्टासम्...