काठमाण्डाै – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पाैडेलले पालिका चुनावका कारण समयमै पुस्तक छाप्न नसकेकाे दाबी गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभाकाे बैठकमा सांसदले साेधेका प्रश्नकाे जवाफ दिँदै मन्त्री पाैडेलले वैशाख ३० मा सम्पन्न पालिका चुनावका लागि जनक शिक्षाका कर्मचारीले पनि काम गर्न परेकाे हुँदा पुस्तक छपाइमा ढिलाइ भएकाे हाे ।
काेभिड–१९ र रुस–युक्रेन युद्धका कारण पनि समयमै पुस्तक छाप्न नसकेकाे उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे, काेभिड–१९ का कारणबाट शैक्षिक सत्र २०७८ मा...