काठमाडौं: नेपाली क्रिकेट टोलीले आज चिर प्रतिस्पर्धी यूएईसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज यूएईविरुद्ध खेल्न लागेको हो। खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सवा ११ बजे सुरु हुनेछ।
पछिल्लो समय यूएई लयमा छ। अघिल्लो महिनामात्र टी २० विश्वकपको ढोकैमा पुगेर यूएईसँग पराजय ब्यहोर्दा नेपाल बाहिरिन…