एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा मैदानमा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ ।शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ ।नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अंक जोडेर तेस्रो स्थानम

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं।राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेता र कार्यकर्ता प्रशिक्षण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ।सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।बाजुरामा १०० भन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ।हालसम्म काठमाण्डौ उपत्यकामा मात्रै १२ जनामा हैजा पुष्टि भएसकेको छ र मलेसियाबाट एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ।

वर्षाको कारण नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं । नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । शुक्रबार नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्द भएसँगै युएई फाइनलमा पुगेको छ । वर्षाअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन […]

युएईविरुद्ध नेपाल बलिङमा

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।  नेपालले फिल्डिङ रोजेपछि युएईले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।  आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ […]

नेपाल हङकङसँग ७ विकेटले पराजित

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत मलेसियाको किनरारा ओभलमा मंगलबार नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको छ । नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।

एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराएको हो । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनायो । भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोडिन् । बलिङतर्फ नेपालका लागि संगीता राईले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सीता रानामगर र इन्दु वर्माले १-१ विक

नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट आजबाट मलेसियामा सुरू हुँदै

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट आजबाट मलेसियामा सुरू हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मलेसियाको बांगीमा आज बिहान नेपाली समय अनुसार पौने ९ बजे यो खेल सुरु हुनेछ । नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्न चाहन्छ भने भुटान पनि नेपाललाई हराएर सुखद सुरुवाती गर्ने […]

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपः नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज भुटानको सामना गर्दै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्ने भएको छ । यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।च्याम्पियनसिपमा नेपाल समूह बीु मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह 'ए' मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफा