मकवानपुर – सुरक्षित वैदेशिक रोजगारीमा प्रहरीकाे भूमिकाबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीलाई सुरक्षित, शोषणमुक्त र ठगीमुक्त गराउने उद्देश्यका साथ आज कार्यक्रम सञ्चालन गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । वैदेशिक रोजगारीको अवस्था, संसोधित वैदेशिक रोजगारी ऐनमा प्रमुख जिल्ला अधिकारीको भूमिका र आप्रवासी स्रोत केन्द्रस...