काठमाडौं । निर्वाचन आयोगले सात वटै प्रदेशसहित देशका मुख्य-मुख्य ठाउँमा निर्वाचन आचारसंहिता विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । निर्वाचन आचारसंहितासहित कार्यान्वयनमा ल्याउनुअघि राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवालालाई निर्वाचन खर्च र प्रचार-प्रसार लगायतका विषयमा जनकारी दिने र राय सुझाव लिन देशभर एकसाथ अन्तरक्रिया कार्यक्रम संचालन भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । […]