विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठमेलमा रहेको होटल मर्स्याङ्दीमा सम्पन्न कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरण लगायतका समसामयिक विषयमा प्रशिक्षण केन्द्रित रहेको बैंकले जनाएको छ । गरिमा विकास […]

सम्बन्धित सामग्री

बेलायतको लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम

काठमाडौँ। विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आह्वानसमेत गरिएको थियो।

हस्तकला उद्योगको विकास र व्यापार प्रवर्द्धनबारे अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले कोभिड–१९ पश्चात् हस्तकला उद्योगको दिगो विकासका अवसर र चुनौती तथा व्यापार प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत बिहीवार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले हस्तकला लगायत वस्तुको निर्यात प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए । विगत १० वर्षको समग्र निर्यातको तथ्यांक सन्तोषजनक नरहेको भन्दै उनले यसलाई हरेक वर्ष २० प्रतिशतसम्म बढाउन सके ५ वर्षमा दोब्बर पुर्‍याउन सकिने बताए । हस्तकलाका शिल्पलाई पुस्तान्तरणमा मात्र सीमित राख्न नहुने धारणा राख्दै उनले यसमा नयाँ उद्यमीहरूलाई आकर्षित गर्न र नयाँ बजारको खोजी गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका सभापति एवं नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंका अध्यक्ष मीरा भट्टराईले हस्तकला उद्योगले विदेशी मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन रूपमा योगदान पुर्‍याउँदै आएको बताइन् । यसको प्रवद्र्धन गर्न सकेमा देशको सर्वांगीण विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोभिड महामारीपछि हस्तकला उद्योगमा परेको नकारात्मक असरले निर्यात व्यापारमा कमी आएको बताए । यसै अवस्थालाई दृष्टिगत गरी उद्योगलाई चलायमान बनाउन महासंघले हालै हस्तकला व्यापार मेला आयोजना गरेको उनले उल्लेख गरे । संघका उपाध्यक्ष किरणकुमार डंगोलले स्थानीय तथा केन्द्रीय स्तरका सरकारी विभिन्न निकायबाट तयार पारिने नीति र नियमबाट हस्तकला क्षेत्रमा सुधार ल्याउन सकिने बताए । नेपाली हस्तकलाको प्रवर्द्धनका लागि विशेष पहल गरिदिन उनले योजना आयोगलाई आग्रह समेत गरे । सेमिनार सत्रको अध्यक्षता गरेकी राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंले हस्तकलाको प्रवर्द्धन विदेशमा मात्र होइन, आन्तरिक बजारमा पनि पर्याप्त मात्रामा गर्नुपर्ने आवश्यकता औंल्याइन् । यस्तो विषयमा पनि पर्याप्त अनुसन्धान गरी व्यवसायीले राष्ट्रिय नीतिमै समावेश गर्न पहल गर्नुपर्नेमा उनले जोड दिइन् । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयश खनालले व्यापार प्रवद्र्धनका लागि ट्रेड पोर्टलको उपयोग विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै नेपाल खुला विश्वविद्यालयका प्रा.डा. अरहन स्थापितले कोभिड १९ प्रभावित कालमा हस्तकला उद्योगको दिगो विकास अवसर र चुनातीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल हस्तकला महासंघका प्रतिनिधि, निर्यात परिषद्, स्वच्छ व्यवसायी समूह नेपाल, विभिन्न जिल्ला, प्रदेश तथा वस्तुगत संघका प्रतिनिधि एवं प्राज्ञहरू लगायत ६५ जनाको सहभागिता थियो ।