बालोन डिओरको मनोनयन घोषणा आज

वर्ष २०२१ को विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्डको प्रारम्भिक मनोनयन घोषणा आज हुँदैछ । अवार्ड संस्थापक ‘फ्रान्स फुटबल’ले अवार्डका लागि महिला र पुरुष दुवैतर्फको प्रारम्भिक मनोनयन आज सार्वजनिक गरिने जनाएको छ । मनोनयन घोषणा कार्यक्रम  राति ९ बजेपछि हुनेछ ।यसपछि टप–१० सूची सार्वजनिक हुनेछ । अवार्ड घोषण हुने दिन टप–३ घोषणा हुनेछ । यस वर्ष अवार्ड घोषणा तथा वितरण नोभेम्बर २९ मा हुनेछ ।यो अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका लियोनल मेस्सी र इंग्लिस क्लब चेल्सी तथा इटालियन मिडफिल्डर जर्जिन्होलाई मुख्य दाबेदार मानिएको छ । गत सिजन यो अवार्ड कोरोना भाइरस महामारीका कारण रद्द भएको थियो । यसपटक पिएसजीका मेस्सीले अर्जेन्टिनाबाट कोपा अमेरिका र गत सिजन बार्सिलोनाबाट कोपा डेल रे कप गरी दुई उपाधि जिते । यस वर्ष मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो भने मेस्सीले पनि करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते । बार्यनका लेवान्डोस्कीले यस वर्ष बुन्डेस लिगा, क्लब विश्वकप र जर्मन सुपर कप गरी ३ उपाधि जितेका छन् ।चेल्सी तथा इटालीका जर्जिन्हो सबैभन्दा अघि छन् । उनले चेल्सीबाट च्याम्पियन्स लिग र युइएफए सुपर कप जिते भने यसै वर्ष इटालीबाट युरो कपको उपाधि पनि जितेका छन् ।

सम्बन्धित सामग्री

ओस्कार अवार्डको मनोनयन घोषणा, ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा

काठमाडौं । ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ । अभिनेत्री जाजी बिट्ज र अभिनेता ज्याक क्वेड्जले मंगलबार बेलुका २३ विधामा मनोनयन सूची सार्वजनिक गरे । सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्मको विधामा मनोनयन हुनको लागि फिल्मले ओस्कारका चारमध्ये दुईवटा मापदण्ड पुरा गरेकै हुनुपर्ने ब्यवस्था गरिएको छ । ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ […]

ओस्कार अवार्डको मनोनयन घोषणा : ‘एभ्रिथिङ एभ्रिवेर’ सर्वाधिक ११ विधामा

काठमाडौं । ९५ औं ओस्कार अवार्डको मनोनयन घोषणा भएको छ । फिल्म ‘एभिथ्रिङ एभ्रिवेर अल एट वन्स’ सर्वाधिक ११ विधामा मनोनित भएको छ । ‘एभिथ्रिङ एभ्रिवेयर’लाई पछ्याउँदै ‘अल क्वाइट अन द बेस्ट फ्रन्ट’ र ‘द ब्यान्सिज अफ इनिसिरिन’ नौ विधामा मनोनित छन् । ‘एल्विस’ आठ, ‘द फेबेलम्यान’ सात, ‘टार’ र ‘टपगन माभेरिक’ ६, ‘ब्ल्याक प्यान्थर […]

ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा, बियोन्से सर्वाधिक ९ विधामा

काठमाडौं । विश्व संगीतकै सर्वोच्च मानिने ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा भएको छ । आज (बुधबार) बिहान सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छन् । वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार आठ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान सात-सात विधामा मनोनित भए । ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डीजे खलिद र र्‍यान्डी मेरिल समान […]

गोल्डन ओक १२औं कृति अवार्डसमा उत्कृष्ट मनोनयन घोषणा

नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२औं कृति अवार्डस २०७९ को विभिन्न ३१ वटा विधामा परेको ४२५ मनोनयनहरुमध्ये हरेक विधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु घोषणा भएको छ ।आनले एक कार्यक्रमको आयोजना गरेर सो मनोनयन घोषणा गरेको हो । उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरु उपस्थित थिए ।विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता […]

गोल्डन ओक १२औँ कृति अवार्डमा उत्कृष्ट मनोनयन घोषणा

काठमाडौँ – नेपाल विज्ञापन संघ (आन)ले गोल्डन ओक १२औँ कृति अवार्डस् २०७९ को मनोनयन सार्वजनिक गरेको छ। विभिन्न ३१ वटा विधामा परेको ४२५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्ट ५ वटासम्मका मनोनयन सार्वजनिक गरिएका हुन्। होटल याक एन्ड यतीमा बिहीवार आयोजित एक समारोहबीच मनोनयन घोषणा गरिएको हो। उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मी सहभागी थिए। […]

कृति अवार्डका लागि उत्कृष्ट मनोनयन घोषणा(सूचीसहित)

काठमाडौं । नेपाल विज्ञापन संघ(आन)ले आयोजना गरेको गोल्डेन ओक १२औं कृति अवार्ड- २०७९ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन परेको छ । होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा ती विद्याहरुमा ४२५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्ट ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ । कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उपस्थिति रहेको थियो । विज्ञापन […]

कृति अवार्डका लागि उत्कृष्ट मनोनयन घोषणा (सूचीसहित)

नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको ‘गोल्डन ओक १२औं कृति अवार्डस–२०७९’ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन दर्ता भएको छ । ती विधामा परेका ४२५ मनोनयन मध्ये हरेक विधामा शीर्ष ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ ।  होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।  मेनस्ट्रिम अन्तगर्तका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षक अन्तगर्तका विधाहरुमा उत्कृष्ट–

६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने

नेकपा माओवादीको २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् । २९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरेपछि बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएका हुन् ।त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुने भएको हो ।

मनोनयन गर्ने दिनमै सिटौलाले सभापतिमा उम्मेद्वारी दिने नदिने घोषणा गर्ने

काठमाडौँ – कांग्रेसको भावी नेतृत्व चयनमा निर्णायक जस्तै देखिएका कृष्णप्रसाद सिटौलाले यसपटक सभापतिमा आफ्नो उम्मेद्वार रहने वा नरहे भन्नेबारे मनोनयन हुने दिनमै घोषणा गर्ने बताएका छन्। महाधिवेशनबारे आफू निकट नेताहरुसँगको छलफलपछि सिटौलाले आफ्नो चुनावी रणनीति पर्सी सार्वजनिक गर्ने भएका हुन्। अघिल्लो पटक सभापतिमा प्रतिस्पर्धा गरेका सिटौलालाई यसपटक पनि सभापतिकै उम्मेद्वारका रुपमा हेरिएको छ। तर उनले […]