काठमाडौं : चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि केशव स्थापितले नवनिर्वाचित बालेन्द्र साहलाई शुभकामना दिएका छन्। शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै स्थापितले बालेनलाई आफ्नो तर्फबाट सहयोग र खबरदारी दुवै हुने उल्लेख गरे।'काठमाडौं को विकास र समृद्धिसँगै तपाईंले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि, तपाईंले गरेका कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु',उनले भने।पाँच वर्षे कार्यकालमा साहले आफ्नो विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने