भ्रष्टाचारविरुद्ध स्पष्ट कानुन र स्वायत्त अनुसन्धान अंग भएको थोरै देशमध्ये नेपाल पर्छ । नेपालमा भ्रष्टाचार निवारण ऐन, २०५९ छ । संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । यस्तो कानुन र संस्थाका लागि अन्य देशमा सुशासन प्रेमीबाट कठोर आन्दोलन भएका छन् । सार्वजनिक पदमा बसेको मानिसले १ रुपैयाँ राज्यलाई हानि–नोक्सानी गराए पनि भ्रष्टाचार गरेको ठहरिन्छ […]