नेकपा एमाले एकताः भ्रम र वास्तविकता

जनताले निर्वाचित गरेर पठाएको आफ्नो संस्था–प्रतिनिधिसभा जोगाउने पक्षमा दृढसाथ लाग्ने सांसद र तिनलाई बाहिरबाट साथ दिने राजनीतिक कार्यकर्ताले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गरेका छन्। जो विघटनको वा विघटनकारीको पक्षमा लागेर मौन बसे, तिनीहरू इतिहासमा कलंकको रूपमा दरिने छन्।