हुम्ला – नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली हुम्लाको लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरी हिल्सा पुगेको छ ।
सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झन्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।
टोलीले नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेको छ । नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिम...