सचिव र मन्त्रीलाई तिव्रताको साथ काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो : संचारमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम तीव्रताका साथ गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्।बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन्।उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराएका छन्।

सम्बन्धित सामग्री

सकभर विदेश नजान प्रधानमन्त्रीको निर्देशन, भ्रमण दलमा महिला अनिवार्य

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् । एक– फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने । दुई– जानैपर्ने भ्रमण …

प्रबलीकरण चाँडो सक्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडाको प्रबलीकरण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। सहरी विकासमन्त्री सीता गुरुङ, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र निर्माण व्यवसायीसहित बिहीबार निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई द्रुत गतिमा काम गर्न लगाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो। सो अवसरमा उहाँले नियमित अनुगमन गरी द्रुत गतिमा काम अगाडि बढाउन लगाउनुभएको भन्दै मन्त्री गुरुङलाई धन्यवादसमेत दिनुभयो।

फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

काठमाडौं । ढिलो गरी निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । विमानस्थल कसलाई सञ्चालनको जिम्मा दिने भन्ने निर्णय नभए पनि आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको छ भने आगामी बुद्ध जयन्तीदेखि नियमित उडान शुरु गर्ने सरकारको योजना छ । राससका अनुसार आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । शनिवार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् उनले भने, ‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन् । उनले भने, ‘कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।’   मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौं ।’ लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्नेछ । एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिबे्रशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ गर्ने तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।’       भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर रू. साढे सात अर्ब लगानी भइसकेको छ ।

विकासका काममा गति देऊ

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सबै मन्त्री र सचिवलाई बोलाएर विकास आयोजना समयमा नै सक्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री देउवाले मन्त्री र सचिवलाई परिणाम निकाल्नेगरी काम गर्नसमेत निर्देशन दिए । हरेकजसो प्रधानमन्त्रीले मन्त्री र सचिवलाई यसरी नै निर्देशन दिएर कर्मकाण्ड पूरा गर्ने गरेका छन् । तर, त्यसपछि मन्त्रालयका मन्त्री, सचिव तथा उनीहरू मातहतका निकायले […] The post विकासका काममा गति देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारको चासो, राज्यको लाचारी

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मङ्सिरको पहिलो साता दुईटा महत्वपूर्ण निर्देशन गर्नुभएको थियो । २०७६ मङ्सिर ५ गते सरकारको पुनर्गठनसँगै मन्त्री भएकाहरूलाई लक्षित गरेर पहिलो सम्बोधन थियो । मङ्सिर ९ गते चौमासिक समीक्षाका क्रममा सम्बोधन गर्नुभएको थियो । यी सम्बोधनका क्रममा सबै मन्त्री र सचिव उपस्थित थिए । समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसमेतको सहभागिता थियो । सम्बोधनको मूल सार थियो– विकास र समृद्धिको जुन उद्देश्यका साथ सरकार अगाडि बढेको छ, तदनुसारका काम हुन सकेनन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको पुँजीगत खर्च घट्यो । विकास आयोजनाहरू समयमा पूरा हुनेछैनन् । प्रधानमन्त्रीले यो सम्बोधनका क्रममा हरेक महिना समीक्षा बैठक हुने र त्यसमा प्रगति प्रतिवेदन प्रस्तुत गर्न निर्देशन पनि दिनुभयो ।

औषधिले भन्दा बढी आत्मविश्वासले रोगलाई जित्दै प्रधानमन्त्री ओली

मिर्गौलाको नियमित डायलाइसिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अरुबेला जस्तै सोमबार पनि काममै व्यस्त हुनुहुन्थ्यो । त्यो दिन सिंहदरबारमा सरकारको चौथो चौमासिक बैठक थियो । बैठकमा चार घण्टा भन्दा धेरै बसेर उहाँले मन्त्री, सचिव र अरु विशिष्ट कर्मचारीका कुरा मात्र सुन्नु भएन, मन्त्री र सचिवहरुलाई परिणाममुखी काम गर्न निर्देशन प...

प्रधानमन्त्रीज्यू ! पानीजहाज त पुलमुनि नछिर्ने भो !

२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सिंहदरबारमा सबै मन्त्रालयका सचिव र मन्त्रीहरुलाई एकसाथ बोलाएका थिए । हरेक मन्त्रालयले के-कस्ता काम गरिरहेका छन् र कस्ता योजना ल्याएका छन् भनेर बुझ्न प्रधानमन्त्रीले सबैलाई एक ठाउँमा भेला गरेका हुन् । मन्त्री र सचिवहरुलाई राम्रोसँग काम गर्ने निर्देशन दिन बोलाइएको बैठकमा प्रधानमन्त्री …

केही तलमाथि भेटिए ऐया आत्थु भन्न पनि पाउनु हुन्न – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मुख्य सचिव, सचिव, कर्मचारीलाई जवाफदेही ढंगले काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निर्देशन दिएका हुन्। उनले मन्त्रीहरूलाई मर्यादामा बस्न पनि सुझाएका छन्। ‘मन्त्री नियुक्त हुने बित्तिकै परिवारका सदस्यहरू चलमलाउने कुरा धेरै सुनिन्छन्’, प्रधानमन्त्री ओलीले भने,‘त्यस्ता व्यवहार बन्द गर्नुहास् । तपाईंका…