प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु

काठमाडौँ, २० वैशाख । लेखा परीक्षण व्यवसायको प्रवद्र्धन, संवद्र्धन र सुदृढीकरण गर्ने उद्देश्यसहित राजधानीमा ‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानको आयोजना भएको सो सम्मेलनमा एक हजार २०० बढी लेखा व्यवसायीको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनको आज अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरे । सम्मेलनअन्तर्गत आज […]

सम्बन्धित सामग्री

लेखापरीक्षण मर्यादित र व्यावसायिक बनाउन आग्रह

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखापरीक्षण हुनुपर्ने बताएक छन् ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक बिमुख हुन नहुने बताए ।कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए […]

राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्पत्तिको मूल्यांकन गर्नुपर्ने कुरामा जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि सरकारी सम्पत्तिको लेखा परीक्षण हुनुपर्ने बताएका हुन् ।“अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ,” उनले भने, “हाम्रो हिमाल, पहाड र तराईको […]

सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, २० बैशाख । अर्थमन्त्री जनार्दन शर्माले सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सम्पूर्ण नेपालीले आफ्नो इमानदारीको समेत अडिट गर्नुपर्ने बेला भएको र सबै व्यक्ति इमानदारी भए मात्र देशको अर्थतन्त्रको विकास हुने पनि बताए […]

लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्डः शर्मा

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सोमबार आयोजित २५औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा बोल्दै महालेखापरीक्षक शर्माले लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्ड भएको बताए।...

लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्ड : महालेखापरीक्षक शर्मा

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती ललितपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा विविध कार्यक्रम गरी मनाइएको छ । मुलुकमा लेखा व्यवसायको विकास र नियमन गर्न सहयोग पुर्‍याउने उद्देश्यले ०५३ मा स्थापित संस्थाको वार्षिकोत्सव तथा रजत जयन्ती उद्घाटन अध्यक्ष युद्धराज ओलीले गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सीए ओलीले आव २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसअघिको नेतृत्वले देखाएको बाटोलाई अनुसरण गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले संस्थाको वार्षिकोत्सव तथा रजत जयन्ती अवसरमा प्रकाशित स्मारिका तथा रणनीतिक योजना विमोचन गरे । मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ लाग्न सम्बद्ध लेखा व्यवसायीलाई उनले आग्रह गरे । महालेखापरीक्षक शर्माले लेखा व्यवसायका लागी आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिन आग्रह गरे । मुलुकमा वित्तीय पारदर्शिता तथा सुशासन कायम गर्र्न लेखा व्यवसायीले ध्यान दिनुपर्ने खाँचो उनले औंल्याए । मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रविधिबाट हुने गरेको उल्लेख गर्दै लेखा व्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन उनले सुझाए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तीर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, कार्यकारी निर्देशक सञ्जयकुमार सिन्हालगायतले विविध पक्षबारे प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिमा उत्कृष्ट योगदान पुर्‍याउने अन्तरिम तथा प्रथम परिषद् अध्यक्ष स्व. कोमलबहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो भने आठौं परिषद्का अध्यक्षत्रय सीए जगन्नाथ उपाध्याय निरौला, कृष्णप्रसाद आचार्य र मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो । संस्थामा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई दीर्घ सेवापदक प्रदान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण र संवर्द्धन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित स्वायत्त र नियमनकारी निकाय हो ।

सुरेश निरौला

अनेक एजेन्डा ल्याउँदै विवादमा आइरहेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को वर्तमान परिषद्को हालैको एक निर्णयले मुलुकको सीए क्षेत्र फेरि तरंगित भएको छ । उसले मुलुकको लेखा व्यवसायी क्षेत्रलाई नै ‘अनुभवी पाका’ र ‘अपरिपक्व युवा’ भन्दै स्पष्ट विभाजन रेखा कोरिदिएको छ ।

बजेट सानो–ठूलोभन्दा पनि यथार्थमुखी हुनुपर्छ

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) नेपालका लेखा व्यवसायी सदस्यको नियमनकारी निकाय हो । यसले सरकारलाई

लेखा व्यवसायीको सम्मेलन काठमाडौंमा

दक्षिण एसियाली लेखा व्यवसायीहरूको छाता संगठन साफाको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा हुने भएको छ । आर्थिक विकासका लागि व्यावसायिक वातावरण भन्ने विषयमा गर्न थालिएको सम्मेलनमा लेखा व्यवसायमा लामो समयदेखि काम गरेका तथा विभिन्न संस्थामा प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्त अधिकृत, लेखा व्यवसायी तथा परामर्श दाताहरूको उपस्थिति रहने जनाइएको छ । सम्मेलनको पूर्वसंध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल चार्टर एकाउन्टेनको संस्था (आइक्यान)का अध्यक्ष जगन्नाथ उपाध्यायले सम्मेलनमा २५० लेखा व्यवसायी सहभागी हुने जानकारी दिए । उनका अनुसार सम्मेलनमा विश्व बैंक र डिएआइडीले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

साफा सम्मेलनमा नेसनल कमर्स ओलम्पियाड सम्पन्न - Naya Patrika

दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा)को काठमाडौंमा भइरहेको साफा सम्मेलनअन्तर्गत नेसनल कमर्स ओलम्पियाड प्रतियोगता मंगलबार सम्पन्न भएको छ । दुई समूह बनाएर आयोजना गरिएको प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको छ...पूरा पढ्नुहोस् »