अनेक एजेन्डा ल्याउँदै विवादमा आइरहेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को वर्तमान परिषद्को हालैको एक निर्णयले मुलुकको सीए क्षेत्र फेरि तरंगित भएको छ । उसले मुलुकको लेखा व्यवसायी क्षेत्रलाई नै ‘अनुभवी पाका’ र ‘अपरिपक्व युवा’ भन्दै स्पष्ट विभाजन रेखा कोरिदिएको छ ।