दक्षिण एसियाली लेखा व्यवसायीहरूको छाता संगठन साफाको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा हुने भएको छ । आर्थिक विकासका लागि व्यावसायिक वातावरण भन्ने विषयमा गर्न थालिएको सम्मेलनमा लेखा व्यवसायमा लामो समयदेखि काम गरेका तथा विभिन्न संस्थामा प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्त अधिकृत, लेखा व्यवसायी तथा परामर्श दाताहरूको उपस्थिति रहने जनाइएको छ ।
सम्मेलनको पूर्वसंध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल चार्टर एकाउन्टेनको संस्था (आइक्यान)का अध्यक्ष जगन्नाथ उपाध्यायले सम्मेलनमा २५० लेखा व्यवसायी सहभागी हुने जानकारी दिए । उनका अनुसार सम्मेलनमा विश्व बैंक र डिएआइडीले कार्यपत्र प्रस्तुत गर्ने छन् ।