लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्डः शर्मा
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सोमबार आयोजित २५औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा बोल्दै महालेखापरीक्षक शर्माले लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्ड भएको बताए।...
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखापरीक्षण हुनुपर्ने बताएक छन् ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक बिमुख हुन नहुने बताए ।कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए […]
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्पत्तिको मूल्यांकन गर्नुपर्ने कुरामा जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि सरकारी सम्पत्तिको लेखा परीक्षण हुनुपर्ने बताएका हुन् ।“अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ,” उनले भने, “हाम्रो हिमाल, पहाड र तराईको […]
काठमाडौँ, २० वैशाख । लेखा परीक्षण व्यवसायको प्रवद्र्धन, संवद्र्धन र सुदृढीकरण गर्ने उद्देश्यसहित राजधानीमा ‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानको आयोजना भएको सो सम्मेलनमा एक हजार २०० बढी लेखा व्यवसायीको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनको आज अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरे । सम्मेलनअन्तर्गत आज […]
बैशाख २०, काठमाडौं । महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपालको लेखापरीक्षण अन्तरराष्ट्रिय बजारमा विश्वासिलो नभएको बताएका छन् ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै शर्माले उक्त कुरा बताएका हुन् ।
'नेपालको लेखापरीक्षण अन्तरराष्ट्रिय बजारमा विश्वासिलो छैन । यो दुखको कुरा हो ।' उनले भने ।
लेखा व्यवबायीबाट राज्यले के अपेक्षा गरेको छ ? पूरा गर्न के गर्नु पर्ला ? भन्ने प्रश्न गरेका दंगालले हाम्रो कार्य प्रणाली, लेखा परीक्षकको काम गर्ने शैली र कार्य गर्ने क्षमतामा प्रश्न रहेको बताए ।
समाजले अहिले पारदर्शिता खोजिरहेको भन्दै राज्यका निकायले फाइलिङ नमिलेको कुरा लेखापरीक्षकले देखाउनु पर्ने बताए । ‘फाइल मिलाएको हामीले देखाउँने हैन् । जहाँ बिग्रिएको छ त्यो कुरा हामीले देखाउनु पर्छ । तपाईं हाम्रो कर्तब्य पनि त्यही हो,’ दंगालले भने ।
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती ललितपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा विविध कार्यक्रम गरी मनाइएको छ । मुलुकमा लेखा व्यवसायको विकास र नियमन गर्न सहयोग पुर्याउने उद्देश्यले ०५३ मा स्थापित संस्थाको वार्षिकोत्सव तथा रजत जयन्ती उद्घाटन अध्यक्ष युद्धराज ओलीले गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सीए ओलीले आव २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसअघिको नेतृत्वले देखाएको बाटोलाई अनुसरण गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले संस्थाको वार्षिकोत्सव तथा रजत जयन्ती अवसरमा प्रकाशित स्मारिका तथा रणनीतिक योजना विमोचन गरे । मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ लाग्न सम्बद्ध लेखा व्यवसायीलाई उनले आग्रह गरे । महालेखापरीक्षक शर्माले लेखा व्यवसायका लागी आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिन आग्रह गरे । मुलुकमा वित्तीय पारदर्शिता तथा सुशासन कायम गर्र्न लेखा व्यवसायीले ध्यान दिनुपर्ने खाँचो उनले औंल्याए । मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रविधिबाट हुने गरेको उल्लेख गर्दै लेखा व्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन उनले सुझाए ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तीर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, कार्यकारी निर्देशक सञ्जयकुमार सिन्हालगायतले विविध पक्षबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिमा उत्कृष्ट योगदान पुर्याउने अन्तरिम तथा प्रथम परिषद् अध्यक्ष स्व. कोमलबहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो भने आठौं परिषद्का अध्यक्षत्रय सीए जगन्नाथ उपाध्याय निरौला, कृष्णप्रसाद आचार्य र मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो । संस्थामा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई दीर्घ सेवापदक प्रदान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण र संवर्द्धन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित स्वायत्त र नियमनकारी निकाय हो ।