अति विपन्न र गरिब परिवारका बालिकाको पढाई खर्चमा सहयोग गर्ने उद्देश्यले बर्दियाका चार वटा पालिकामा ‘बालिका शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरिएको छ ।
बर्दिया जिल्लाको गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा रहेका परिवर्तनका संवाहक युवाले सो अभियान सुरु गरेका हुन् ।
ग्रामीण क्षेत्रका अधिकांश बालिकाहरुलाई पठनपाठनका लागि स्टेसनरी, पोसाक लगायतको समस्याका कारण उनीहरूको पढाई अवरुद्ध हुन थालेको पाइएपछि उनीहरूलाई सहयोग गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिएको अभियानमा संलग्न युवाले बताएका छन् ।