धनगढी : कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया किशोरी र भीमदत्त नगरपालिकाका १६ वर्षीय किशोरको सम्बन्धबाट छोरी (शिशु) को जन्म भएको हो।केही दिनअघि किशोरी बिरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगेकी थिइन्। अस्पतालमा उनले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा अर्काको घरमा काम गरेर बस्थिन्। उनले आफू काम गर्ने घर मालिककै भतिजासँगको सम्बन्धबाट