काठमाण्डाै – शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । हिजो साेमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि सुधार भएको छ । दुई सय ३१ कम्पनीकाे ३९ लाख ७१ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर किन...