सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई जनही एक लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश विपद् कार्यसमिति बैठकले मृतकका परिवारलाई जनही एक लाख र २० हजार थप किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।