नवलपरासी – बर्दघाट सुस्तापूर्व, नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरो पीडित यो जाडोमा त्रिपाल मुनि बसेर रात काट्न बाध्य भएका छन् । गएको साउनमा बाखखोर गाउँ पहिरोको जोखिममा परेपछि प्रहरीले उद्धार गरि हुप्सेकोट बेलुवाको विद्यालयमा राखिएको थियो ।
करिब तीन महिना विद्यालयमा बसेपछि पीडित १८ घर परिवारको अहिले भने बिचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएपछि बेलुवाको खोला छेउको बसपार्क निर्माण स्थलमा त्रिपालमा बसेको पनि तीन महिना पुग्न थालेको छ ।
साउन महिनाको पहिलो दिन पहिरोले बसेको ग...