कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई वर्षअघि गएको पहिरो पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन् । पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन ।वैज्ञानिक मापदण्ड विपरित वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोका कारणले गाउँ नै विस्थापित भइरहेका छन् । चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गाउँ नै विस्था