काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार अभियोगपत्र दर्ता भएको छ।सरकारी वकिलको कार्यालय काठमाडौंले आज काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।उनका अनुसार प्रहरीको प्रतिवेदन बमोजिमकै सजाय माग दाबी गरेर दर्ता भएको मुद्दामाथि थुनछेक बहस भोलि