५ फागुन, काठमाडौं । रेडियो नेपालले गत कात्तिक २६ गते प्रकाशित गरेको खुल्ला र आन्तरिक प्रतियोगिताको विज्ञापनमा आवेदन दिएका ११ जनाको दरखास्त फारम अस्वीकृत गरेको छ । शैक्षिक योग्यता, ३५ वर्ष उमेर हद र अनुभव नमिलेको भन्दै खुल्लाका १० र आन्तरिकका १ जना उम्मेदवारको दरखास्त अस्वीकृत गरिएको रेडियो प्रशासन महाशाखा प्रमुख वद्रिविशाल तण्डुकारले जानकारी दिए […]