राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वतन्त्र र स्वायत्त बनाउँदै संसद मातहत ल्याउन माग गरेका छन् । बुधवार राष्ट्रियसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट पेश गरेको सार्वजनिक सेवा प्रशारण विधेयक २०७७ माथि बिचार गरियोस् भन्ने प्रस्ताव माथि बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद देवकोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय प्रशारण सेवामा रुपान्तर गर्न खोजेपनि नयाँ बोतलमा पुरानो