'ठगी गर्न खोज्दा प्रहरी फन्दामा परे हुन्डी कारोबारी' :: Pahilopost.com

काठमाडौंः प्रहरीले अवैध हुन्डी कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जयदुर्गा ट्रेड इन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर कृष्णगोपाल अग्रवाल, मुस्कान तामाङ र कुरियरको काम गर्ने जयराम कार्की रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरी १५ लाख ९२ हजार रुपैयाँ

सम्बन्धित सामग्री

१२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ

सशस्त्र प्रहरी पर्साले १२ लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगन्ज १६ भन्सार चेकप्वाईन्टमा सशस्त्र प्रहरीले भारत रक्सौलबाट वीरगन्ज आउने क्रममा प्रदेश २-०३-०२० प ४२२२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालकले प्रयोग गरेको हेल्मेटबाट १२ लाख रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम घिमालले बताए ।

४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ

काठमाडाैं । काठमाडाैंमा ४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय नेपाली नागरिक उमेश महेश्वरीलाई रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई राजधानीको ढल्कोबाट अवैध हुन्डी कारोबारमा संलग्न रहेकाे आराेपमा पक्राउ गरेकाे हाे । उनीहरुले भारतीय नागरिक […]

डेढ करोडसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ

काठमाडौं :  एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाल र उनका सहयोगीलाई गएराति पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए।अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पालले जानकारी दिए।

एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिनुभयो ।

१ करोड ५० लाखसहित काठमाडौंबाट हुन्डी कारोबारी पक्राउ

प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो । बागफस्थित  कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख  नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए । यसबारे थप अनुसन्

दरबारमार्गबाट ६० लाख रुपैयाँसहित 'हुन्डी कारोबारी' पक्राउ

काठमाडौं । प्रहरीले दरबारमार्गबाट करिब ६० लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पाँचजनाभन्दा धेरैलाई पक्राउ गरेको छ । शुक्रबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको एक टोलीले दरबारमार्गको एक पसलबाट उनीहरूलाई पक्राउ गरेको हो ।  प्रहरीले उनीहरूबारे विस्तृत बताउन चाहेको छैन ।  थप विवरण आउन बाँकी छ ।

प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर व्यापारी पक्राउ गरेकोमा आपत्ति

फलफुल व्यापार गर्ने व्यवसायीलाई प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर गिरफ्तार गरेको भन्दै व्यापारीहरुले आपत्ति जनाएका छन् । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले कुलेश्वरमा फलफुल पसल चलाउने मीनप्रसाद गौतम र रमेश तिमल्सिनालाई पक्राउ गरेर थियो ।मीनप्रसाद गौतमको स्टल नम्बर–१८ बाट ३० लाख ७ हजार बरामद गरेर प्रहरीले अवैध ‘हुन्डी कारोबार’को रकम दावी गरेको थियो । नेपाल फलफुल थोक ब्यवसायी संघले बुधवार विज्ञप्ती प्रकाशन गरेर सो रकम ‘हुण्डी’को नभई व्या

९२ लाख नगद र ३७ लाखको चेकसहित चारजना हुन्डी कारोबारी पक्राउ

काठमाडौं : हुन्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले एक करोड बढी नगद र चेकसहित पक्राउ गरेको छ।                                                                  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले करिब ९२ लाख नगद र करिब ३७ लाख बराबरको चेकसहित चार जनालाई पक्राउ गरेको हो।                &nbs

चाडपर्वमा सीमा नाकाका हुन्डी कारोबारी सक्रिय,५ दिनमा २९ लाखसहित ६ जना पक्राउ

वीरगन्ज : चाडपर्वको मौका छोपी मुलुकको प्रमुख नाका वीरगन्ज-रक्सौलका हुन्डी कारोबारी सक्रिय भएका छन्। पर्सा प्रहरीले ५ दिनमा २९ लाख २३ हजारसहित ६ जनालाई पक्राउ गरि अनुसन्धान थालेको छ भने सीमा निगरानी चुस्त पारेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। प्रहरीले गत सोमवारदेखि आजसम्म पूर्व सूचनाका आधारमा चेकजाँचको क्रममा

१० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

२३ वैशाख, काठमाडौं । हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई शुक्रबार पक्राउ गरेको हो । शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार …