काठमाण्डाै – सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेशन सुरु गरेको जानकारी दिएको छ ।
अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट nepalconsular.gov.np मा आफ्नो नामसहितको विवरण भर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ठाउँमा राख्...