हिमालयन हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति

हिमालयन हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज बैशाख ४ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।  बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २२ करोड पचास लाख रुपैंया बराबरको  २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ । 

सम्बन्धित सामग्री

सगरमाथा हाइड्रो र माईखोला हाइड्रोले मागे आईपिओ निष्काशन अनुमति

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुअमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सगरमाथाले भदौ ९ गते बोर्डमा आवेदन दिएको हो भने माईखोलाले भने भदौ २२ गते आवेदन दिएको हो ।सगरमाथाले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । त्यस्तै माईखोलाले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।दुवै कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।  सगरमाथाले इलामको माईखोलामा ९.६ मेगावाटको सुपर माई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । त्यस्तै माईखोला हाइड्रोले इलाम कै माईखोलामा ४.५ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।

रावा इनर्जी र अपर स्याङ्गेले मागे आईपिओ निष्काशन अनुमति

थप २ हाइड्रोले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रावा इनर्जीडेभलपमेन्ट लिमिटेड र अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।रावा इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । त्यस्तै अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

मन्दाकीनी हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक बिओके क्यापिटलले हिजो बुधबार शेयर बाँडफाँड गरेको हो । आईपिओको नतिजा क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ । कम्पनीले असार १ गतेदेखि असार २२ गतेसम्म आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन गरेको थियो । यस आईपिओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर २,३, ४, र ६ का स्थानीय अर्थात् साविकका सार्दीखोला, घाचोक, लाहाचोक र धिताल गाविसका स्थानीयले आवेदन दिन सक्ने ब्यबस्था थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्न अनुमति पाएको हो। स्थानीयलाई निष्काशन गरिएको शेयर बाँडफाँड भए संगै अब कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले पाए आईपिओ निष्काशन अनुमति

अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार २४ गते यी २ लघुवित्त कम्पनीलाईआईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । सिक्लेस हाइड्रोले असार २३ मा अनुमति पाएको हो  ।बोर्डको अनुमति पाएसंगै धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने  छ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटललिई निष्काशन तथा बिक्रि प्रबन्धक तोकेको छ । वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।त्यस्तै अभियान लघुवित्तले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने छ।  हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६÷६÷१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय पनौती, काभ्रेमा रहेको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।  कम्पनीले विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ।

राप्ती हाइड्रोले असार २९ देखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो। सर्बसाधारणलाई निष्काशन गरिने  २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । त्यस्तै ३ प्रतिष अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २१ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले साउन १ गतेसम्म आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।कम्पनीले जेठ २४ गतेदेखि  असार १० गतेसम्म आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

रसुवागढी हाइड्रोले पायो आयोजना प्रभावितलाई आईपिओ निष्काशन अनुमति

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र  बोर्डले आज जेठ ३१ गते कम्पनीले शेयर निष्काशनको लागि अनुमति पाएको हो । रसुवागढीले आयोजना प्रभावित स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  रसुवागढीले पुस २३ गते बोर्डमा आवेदन दिएको थियो ।

सयपत्री हाइड्रोले असार २ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने

सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आयोजना प्रभावितलाई स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई आईपिओ निष्काशन गर्न लागेको हो ।कम्पनीले उल्लेखित स्थानका स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गर्ने छ   । उक्त निष्काशनमा छिटोमा असार १६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ  । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।  कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

थप २ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति

थप २ कम्पनीले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले २ वटा हाइड्रोपावर कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।जस अनुसार बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बिन्धवासिनी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि २५ करोड बराबरको २५ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

बलेफी हाइड्रोले माघ २७ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने

बलेफी हाइड्रोले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गर्न लागेको हो ।कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन हुने छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा फागुन १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते  कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।

राप्ती हाइड्रोले माग्यो आईपिओ निष्काशन अनुमति

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले भदौ ८ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ ।कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।