रावा इनर्जी र अपर स्याङ्गेले मागे आईपिओ निष्काशन अनुमति

थप २ हाइड्रोले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रावा इनर्जीडेभलपमेन्ट लिमिटेड र अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।रावा इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । त्यस्तै अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । 

सम्बन्धित सामग्री

सर्वसाधारणका लागि आजदेखि खुल्यो रावा इनजीको आईपीओ

काठमाडौं, १८जेठ।रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको छ।कुल निष्कासन गरिएको आईपीओ मध्ये कम्पनीले आफ्ना कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६सय १६ कित्ता शेयर छुट्याईएको छ। बाँकि ६ लाख ४३ हजार ६सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले जेठ २२ गतेसम्म न्यूनतम १० कित्तासम्म आवेदन दिन सक्नेछन्।