अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले पाए आईपिओ निष्काशन अनुमति

अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार २४ गते यी २ लघुवित्त कम्पनीलाईआईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । सिक्लेस हाइड्रोले असार २३ मा अनुमति पाएको हो  ।बोर्डको अनुमति पाएसंगै धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने  छ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटललिई निष्काशन तथा बिक्रि प्रबन्धक तोकेको छ । वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।त्यस्तै अभियान लघुवित्तले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने छ।  हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६÷६÷१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय पनौती, काभ्रेमा रहेको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।  कम्पनीले विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ। 

सम्बन्धित सामग्री

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

२८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत […]

दुई लघुवित्तले पाए आइपीओ जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपिओ जारीको अनुमति पाएका छन् । बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासनको अनुमति पाएका हुन् । बोर्डबाट २४ असारमा सार्वजनिक निष्कासन जारी गर्ने अनुमति पाएका यी संस्थाले १३ करोड ६ लाख रुपैयाँ बराबरको १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्नेछन् । धौलागिरी लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।साधारण सेयर निष्कासनका ल

दुई लघुवित्तले पाए आइपीओ जारी गर्ने अनुमति, ल्याउँदैछन् १३ करोडको आइपीओ

काठमाडौं। नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपीओ जारीको अनुमति पाएका छन्। बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त

सात वटा लघुवित्तले ल्याउँदैछन् २३ करोड रूपैयाँ बराबरको आईपीओ

सात वटा लघुवित्त वित्तीय संस्थाले २३ करोड रूपैयाँको २३ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएका छन् । आईपीओ बिक्रीको अनुमति पखाईमा रहेका कम्पनीहरूले बोर्डको अनुमति पाउन साथ उक्त मूल्य बराबरको आईपीओ बिक्री गर्ने भएका हुन् ।सात लघुवित्त कम्पनीहरूले २३ लाख ४ हजार ५५६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेका छन् । आदर्श लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तले आईपीओ बिक्रीको अनुमति मागेका छन् । यस्तै, धौलागिरी लघुवित्त संस्था, अभियान लघुवित्त वित्तीय

७ ओटा लघुवित्तले २३ करोड बढीको आईपीओ निष्कासन गर्दै, कुन कुन कम्पनीको आउँदै ?

फागुन ९, काठमाडौं । ७ ओटा लघुवित्त वित्तीय कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । यी ७ कम्पनीले कुल २३ लाख ४ हजार ५८६ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । ७ ओटा कम्पनीमध्ये तीन कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । सिवाईसी नेपाल लघुवित्त, आर्दश लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् । बाँकी ४ ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका छन् । अभियान लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर  लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका हुन् । यी ४ ओटा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । ७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्था ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रियामा रहेको हो । त्यसैगरी, दोस्रोमा सिवाइसी नेपाल लघुवित्त ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यी ७ कम्पनीमध्ये सबैभन्दा कम आर्दश लघुवित्तले ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढेको पाइन्छ । छोटो समयमानै शेयर सूचीकृत भएर छोटो समयमानै लगानीकर्ताले आकर्षक प्रतिफल पाउने भएकाले आकर्षण बढेको देखिन्छ । जसको उदाहरणमा केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थालाई लिन सकिन्छ । कम्पनीको आईपीओ एक महीना नपुग्दै रू. १ हजारको लगानी ५५ हजारसम्म पुगेको थियो । यसले गर्दा पनि लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण धेरै रहेको देखिन्छ ।                                                          स्रोत : नेपाल धितोपत्र बोर्ड र विभिन्न कम्पनीहरु