मन्दाकीनी हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक बिओके क्यापिटलले हिजो बुधबार शेयर बाँडफाँड गरेको हो । आईपिओको नतिजा क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ । कम्पनीले असार १ गतेदेखि असार २२ गतेसम्म आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन गरेको थियो । यस आईपिओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर २,३, ४, र ६ का स्थानीय अर्थात् साविकका सार्दीखोला, घाचोक, लाहाचोक र धिताल गाविसका स्थानीयले आवेदन दिन सक्ने ब्यबस्था थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्न अनुमति पाएको हो। स्थानीयलाई निष्काशन गरिएको शेयर बाँडफाँड भए संगै अब कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

सम्बन्धित सामग्री

रसुवागढी हाइड्रोको आईपिओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले भदौ २८ गते मंगलबार आईपिओ बाँडफाँड गरेको हो । कम्पनीले   असार १३ गतेदेखि साउन ३१ गते सम्म आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशन गरेको हो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७०० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो ।आईपिओको नतिजा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/ , तथा सहायक बिक्रि प्रबन्धकहरु एनआइबिएल एस क्यापिटलको वेबसाइट  https://www.niblcapital.com/, ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ र सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/ बाट हेर्न सकिने छ  । त्यस्तै सिडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि आईपिओ नतिजा हेर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले आयोजना प्रभावितहरुको  ३ वर्ग कायम गरेको छ ।  जस अनुसार अति प्रभावितहरुमा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन (साविक थुमन गा.वि.स.) र वडा नं. २ टिमुरे (साविक टिमुरे गा.वि.स.) का स्थानीय रहेका छन्। त्यस्तै प्रभावित वर्गमा प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गाविस) र वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.) का साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम (साविक बृद्धिम गा.वि.स.), वडा नं. ४ लाङटाङ (साविक लाङटाङ गा.वि.स.), वडा नं. ५ स्याफ्रबेशी (साविक स्याफ्रुबेशी गा.वि.स.) र वडा नं. ६ धुन्चे (साविक धुन्चे गा.वि.स.)का स्थानीय रहेका छन् । सामान्य प्रभावितमा माथिको २ वर्गमा नपरेका बाँकी सम्पूर्ण जिल्लाबासीहरु रहेका छन्। आयोजनाबाट अति प्रभावित (गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे), प्रभावित (आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बुद्धिम, वडा नं ४ लाङटाङ, वडा नं. ५ स्याफ्रबेशी र वडा नं. ६ धन्चे) र सामान्य प्रभावित (बाँकी सम्पूर्ण जिल्लाबासीहरु) वर्गमा पर्ने बासिन्दाहरुको लागि शेयर बाँडफाँड गर्दा सोको अनुपात क्रमशः ४.५ : १.५ : १ हुने गरी शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । नेपाल धितोपत्र  बोर्डले जेठ ३१ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।  कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  कम्पनीले आगामी पुस २५ गतेदेखि आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य दिएको छ ।

अभियान लघुवित्तको आईपिओ बाँडफाँडः २३ सय जनाको आवेदन रद्द

काठमाडौं, साउन ३० । अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरिएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ अक्रोद १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये […]

पिपुल्स पावरले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड

पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रब्नाध्क प्रभु क्यापिटलले शुक्रबार शेयर बाँडफाँड गरेको हो ।शेयर बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट तथा पिपुल्स पावर हाइड्रोको वेबसाइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ ।कम्पनीले असार ८ गतेदेखि  साउन ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय वासिन्दाको लागि  शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितको लागि ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का स्थानीयको लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता शेयर छुट्याईएको थियो भने इलाम नगरपलिकाको १ र ४ वडा बाहेकका इलामका अन्य स्थानीयको लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर छुट्याईएको थियो ।   नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । स्थानीयको शेयर बाँडफाँड गरेसंगै अब कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

मन्दाकीनी हाइड्रोपावरको आईपिओ बाँडफाँड मंगलबार

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ मंगलबार दिउँसो बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार दिउँसो ४ बजे क्यापिटल कै कार्यलयमा नक्सालमा शेयर बाँडफांड गर्न लागेको हो ।क्यापिटलले साउन ९ गतेदेखि  साउन १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।  कम्पनीले यस अघि नै कास्की  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

राप्ती हाइड्रोको आईपिओ बाँडफाँड आज

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा  शेयर बाँडफाँड गर्न लागेको हो ।कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको हो। सर्बसाधारणलाई निष्काशन गरिने  २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् । कम्पनीले जेठ २४ गतेदेखि  असार १० गतेसम्म आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

श्वेतगंगा हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड, कसले कति पाए ?

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म रामेछाप र ओखलढुंगाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन गरेको थियो। योजना प्रभावितलाई अति प्रभावित, कम प्रभावित र प्रभावित गरि ३ वर्ग कायम गरिएको थियो ।जस अनुसार अति प्रभाविततर्फका लगानीकर्ताले अधिकतम २१० कित्तासम्म शेयर पाएका छन् । अति प्रभाविततर्फ १० कित्तादेखि २२० कित्तासम्मको लागि आवेदन दिने ४ हजार ४ सय ६२ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै २१० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने २ हजार ९ सय ९६ जनाले समान रुपमा २०० कित्ता शेयर पाएका छन् । समान रुपमा २०० कित्ता शेयर पाएका २ हजार ९ सय ९६ जना मध्ये २ हजार ७ सय ४८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै कम प्रभाविततर्फका लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । कम प्रभाविततर्फ १० कित्तादेखि ४० कित्तासम्मको लागि आवेदन दिने १३२ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै ५० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने १ हजार ८ सय ४ जनाले समान रुपमा ४० कित्ता शेयर पाएका छन् । समान रुपमा ४० कित्ता शेयर पाएका १ हजार ८ सय ४ जना मध्ये ४ सय ६० जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै प्रभाविततर्फका लगानीकर्ताले अधिकतम ६० कित्तासम्म शेयर पाएका छन् । प्रभाविततर्फ १० कित्तादेखि ५० कित्तासम्मको लागि आवेदन दिने ३ हजार ८ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै ६० कित्तादेखि ५२ सय कित्तासम्मको लागि आवेदन दिने ४ हजार ८ सय जनाले समान रुपमा ५० कित्ता शेयर पाएका छन् । समान रुपमा ५० कित्ता शेयर पाएका ४ हजार ८ सय जना मध्ये ३ हजार ३ सय ८५ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । आईपिओको नतिजा प्रकाशन भएपछि सानिमा क्यापिटलको वेबसाइटमा हेर्न सकिने छ । कम्पनीले आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को बड़ा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. ४, ५, ६,७ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशतले हुने अर्थात ११ लाख १५ हजार १०० कित्ता छुट्याईएको थियो । यो अति प्रभावित क्षेत्र हो । त्यस्तै आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को बड़ा नं. ५,६ र ७ र मन्थली न.पा.को बडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को बडा नं. १ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २५० कित्ता छुट्याईएको थियो । यो प्रभावित क्षेत्र हो । त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १,२ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको ५ प्रतिशतले हुने अथांत ७९ हजार ६५० कित्ता शेयर छुट्याईएको थियो । यो कम प्रभावित क्षेत्र हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १० गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर निष्काशन गरेपछि सर्वसाधारण तथा कर्मचारीलाई यी शेयर जारी गर्ने छ । कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । यो सानिमा समुह अन्तर्गतको कम्पनी हो ।

दोर्दीखोलाको आईपिओ बाँडफाँडः ९ जनाले पाए ११ कित्ता , ८८२ जनाको आवेदन रद्द

काठमाडौं, असार ८ । दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान क्यापिटल कै कार्यलयमा शेयर बाँडफाँड गरेको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् […]

हिमालयन हाइड्रोपावरको आईपिओ बाँडफाँड

हिमालयन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई  निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो  । कम्पनीले बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म अईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले आयोजना प्रभावित कास्कीको मादी गाउँपालिकाका वडा नम्बर १,२,३,४, ६ र ७ का स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी ठाउँका स्थानीयलाई ९ लाख कित्ता शेयर निष्काशन गरेको हो ।क्यापिटलका अनुसार यस आईपिओमा आस्वा प्रणालीबाट आवेदन दिने ६७८ जना आवेदकहरुबाट २,८४,४८६ कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो ।  जसमा २३ जना आवेदकहरुबाट २,७३६ कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु आयोजना प्रभावित क्षेत्र बाहेकको क्षेत्रबाट आवेदन प्राप्त भएकोेले उक्त आवेदनहरुलाई रद्द गरी ६५५ जना आवेदकहरुबाट  २,८१,७५० कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु रीतपूर्वक रहेको देखिएको क्यापिटलले जनाएको छ ।  क्यापिटलका अनुसार  ६५५ जना आवेदकहरुलाई २,८१,७५० कित्ता शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावितलाई शेयर निष्काशन गरी बाँडफाँड गरेसंगै अब कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ ।

दोर्दीखोलाको आईपिओ बाँडफाँड, २ लाख ९७ हजार कित्ताको लागि आवेदन परेन

दोर्दीखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म  आयोजना प्रभावित स्थानियलाई  १० लाख ५४ हजार २ सय ६० कित्ता शेयर शेयर निष्काशन गरेको थियो। कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविकको भारते, अर्चलबोट, श्रीभन्ज्यांग, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार, र हिलेटक्सार (१-८ वडा)का स्थानीयलाई आईपिओ निष्काशन गरेको थियो । आईपिओमा ७ लाख ५६ हजार ४ सय २० कित्ताको लागि मात्र आवेदन परेकोले सबै आवेदकले माग बमोजिम नै शेयर पाएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।स्थानीयले खरिद नगरेको २ लाख ९७ हजार ८ सय ४० कित्ता शेयर र सर्बसाधारणलाई छुट्याईएको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ ।  कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।