सगरमाथा हाइड्रो र माईखोला हाइड्रोले मागे आईपिओ निष्काशन अनुमति

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुअमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सगरमाथाले भदौ ९ गते बोर्डमा आवेदन दिएको हो भने माईखोलाले भने भदौ २२ गते आवेदन दिएको हो ।सगरमाथाले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । त्यस्तै माईखोलाले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।दुवै कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।  सगरमाथाले इलामको माईखोलामा ९.६ मेगावाटको सुपर माई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । त्यस्तै माईखोला हाइड्रोले इलाम कै माईखोलामा ४.५ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । 

सम्बन्धित सामग्री

आईपिओ निष्कासनको समय सर्दै

सरकारी स्वामित्वमा रहको कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले सर्वसाधरणका लागि प्रथामिक शेयर (आईपिओ) निष्काशनको तयारी गरेको वर्ष दिन नाग्दा पनि निष्काशन गर्न सकेको छैन । कम्पनीमा जडिबुटी मौज्दात रहँदा देखिएको घाटा, कर्मचारीको अभाव लगायतका कारण आइपिओ निष्काशनको भाका सारिदै लगिएको हो । ३ वर्षसम्म नाफामा गएपछि सर्वसाधरणका लागि आईपिओ निष्कासन गर्नुपर्ने प्रावधान अनुसार कम्पनीले […]

सुपर माई हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, पुस १३ । सुपर माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २१ गतेदेखि योजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित […]

इस्टर्न हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, कात्तिक २ ।  इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज कार्तिक २ गते अन्तिम दिन रहेको छ ।कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको हो। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर […]

सान्जेन जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

काठमाडौं, भदौ ५ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आजदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट […]

अभियान लघुवित्तको आईपिओ बाँडफाँडः २३ सय जनाको आवेदन रद्द

काठमाडौं, साउन ३० । अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरिएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ अक्रोद १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये […]

अपर सोलु हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

काठमाडौं, असार ३० । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ बजे क्यापिटलको कार्यालय मै शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं, जेठ २४ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी जिल्लाका स्थानीयलाई ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज मंगलबारदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । आईपिओमा आवेदन […]

अपर हेवाखोलाको आईपिओ आजदेखि

काठमाडौं, जेठ १० । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको हो । यस आईपिओमा छिटोमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा […]