धानको बिरुवा संक्रमित

अगहनी धानको बिरुवामा लागेको ‘सिथब्लाइट’ रोगका कारण धानको बिरुवा सड्न र सुक्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा लगाइएका अगहनी धानको ८० प्रतिशत बिरुवामा उक्त रोग लागेकाले उनीहरू चिन्तित भएका हुन् । जिल्लामा लगाइएको ३५ हजार हेक्टरमा लगाइएको धानमध्ये २८ हजार हेक्टर खेतमा सिथब्लाइट रोगको संक्रमण देखापरेको छ । यो रोग लागेपछि बिरुवामा औषधिकोे प्रयोग नगरे पूरै बिरुवा नै सडने वा सुकेर जान्छ ।

सम्बन्धित सामग्री

बिरुवा उत्पादनले बदलिएको पहिचान

२६ असोज, पाल्पा। पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहनुभएका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहेका छन् । उनको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमीयामलाई मध्यनजर गर्दै बिरुवा उत्पादन गर्ने बस्यालले यस व्यवसायबाट […]

बिरुवा रोपिन्छन्, संरक्षण हुँदैनन्

जिल्लामा वर्षेनी लाखौं रुपैया खर्च गरेर लाखौंको संख्यामा बिरुवा उत्पादन गरिन्छ । बिरुवा रोप्नका लागि धेरै कार्यक्रमसमेत आयोजना गरिन्छन् । उत्पादन भएका बिरुवा रोप्नका लागि जिल्लाभर वितरण पनि हुन्छ तर कति बिरुवा रोपिए ? कहाँ रोपिए ? रोपिएको बिरुवाको संरक्षण भएको छ कि छैन ? लेखाजोखा नै छैन । जिल्लामा रहेका ५२६ सामुदायिक वन, २८६ […]

बिक्दैनन् फलफूलका बिरुवा

रेसुङ्गा, २८ जेठ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् । उनले भने , “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । […]

बिरुवा बचाउनै मुस्किल

जिल्लामा हरेक वर्ष दुई लाखभन्दा बढी बिरुवा रोप्ने गरिएको छ । ती रोपिएका बिरुवा कति हुर्किए र कति मरे भन्ने तथ्यांक कसैसँग छैन । यद्यपि धेरै बिरुवा मर्ने गरेको सुन्ने गरिन्छ ।डिभिजन वन कार्यालय चितवनबाट मात्रै यो वर्ष दुई लाख ५० हजार बिरुवा सर्वसाधारणका लागि वितरण गरिएको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार […]

दाङमा घरघरमै पुगेर बिरुवा नि:शुल्क वितरण

दाङ - डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर नि:शुल्क बिरुवा वितरण सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो। बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । आज बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने उहाँले बताउनुभयो । ...

बिरुवा बिक्री हुन छाडे

खाँडाचक्र नगरपालिका–११ का जीवन गिरी विगत २८ वर्षदेखि विभिन्न जातका बिरुवा उत्पादन गर्दै आएका छन्। यो वर्ष भने उनले उत्पादन गरेका बिरुवा बिक्री भएका छैनन्। उनले उत्पादन गरेका १० हजार सुन्तलाका बिरुवा केही दिनअघि नष्ट गरे।...

दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न 'एक विद्यार्थी दुई बिरुवा रोप्ने' कार्यक्रम

दाङ – दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न एक विद्यार्थी दुई बिरुवा कार्यक्रम सुरु गरिएको छ । रोपिएका बिरुवा हुर्काउन र संरक्षण गर्न विद्यालयसँग सहकार्य गरेर कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत हरेक विद्यार्थीले दुई वटा बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम सुरु गरिएको हो । ‘एक घर दुई वृक्ष, सहर हाम्रो बनाउ स्वच्छ’ कार्यक्रम र विद्यालयको ‘एक व...

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

जुम्ला– जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् । सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको […]

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८ का  हरिबहादुर  रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि  र १३ हजार बिरुवा बाजुराको लागि  बेचेका हुन् । सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको  सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ ।  मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।’ उनले स्याउ नर्सरीब

फलफूलका बिरुवा वितरण

फलफूल दशक कार्यक्रमअन्तर्गत फलफूल बिरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो।...