गोरखा : समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउनु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो। तर, यतिबेला उनीहरुलाई कोरोना रोकथाम तथा न्यूनीकरणका लागि ‘सुरक्षा कवज’ को रुपमा काम गर्नुपर्ने अर्को जिम्मेवारी पनि सरकारले थप गरिदिएको छ। हरेक ठाउँमा तय भएका मापदण्ड पालना भएनभएको निरीक्षण गर्ने, कार्यान्वयन गराउने र उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पनि प्रहरीको नै छ। तर,अरुको सुरक्षाका फ्रन्टलाइनमा खटिने प्रहरीसँग नै आवश्यक सुरक्षा सामग्रीको अभाव छ।‘अहिले बाग्लुङ