प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्षमा निर्वाचित पितबहादुर एमसीले तलब भत्ता नलिने घोषणा गरेका छन्। शुक्रबार सपथ ग्रहण गरे लगत्तै एमसीले तलब भत्ता नलिने बताएका हुन्। नेकपा माओवादी केन्द्र र नेकपा एमाले संयुक्त तालमेलबाट अध्यक्षमा जितेका हुन्। उनी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्यसमेत हुन्।