म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका स्थानीय बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन्।
जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलब र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’ लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पूजामा नाचगान गरेर शिक्षकको तलबभत्ता जुटाउने गरिएको जानकारी दिनुभयो।
२०६८ सालद...