नेपालगञ्जमा स्थापना गरिएको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) शनिवारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।
१ दशकदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा वैकल्पिक गन्तव्यका रूपमा आकर्षण बनिरहेको वायुयान संग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रस्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको संग्रहा...