धनगढीमा स्थापना गरिएको नेपालकै पहिलो वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) बुधबार नेपालगन्ज सारिएको छ । ०७१ असोजदेखि धनगढीमा सञ्चालनमा ल्याइएको उक्त म्युजियम धनगढीबाट हटाएर नेपालगञ्ज लगिएको हो । धनगढी बजारक्षेत्र नजिकै म्युजियम राखेको जग्गाधनीसँगको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्न जग्गा नपाएपछि नेपालगन्ज सार्नुपरेको सञ्चालक क्याप्टेन वेद उप्रेतीले बताए ।