नेपालगञ्ज: बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, झाँकीलगायतका विभिन्न कार्यक्रम भइरहेका छन्।सोही अवसरमा ‘माघी मिलन कार्यक्रम-२०८०’ गरियो। थारू सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्वारा आयोजित कार्यक्रममा थारू संस्कृतिलाई जगेर्ना गर्न जोड दिइएको छ। कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारू समुदायको हक अधिकारका लागि प्रतिबद्धता रहेको जनाउँदै स्वर्गीय बैजनाथ थारूको सम्मानार्