आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकिकृत कारोबार शुरू गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी वैशाख २७ गतेदेखि एकिकृत कारोबार शुरू गर्ने भएका छन् । गत चैत ५ गते मर्जरका लागि अन्तिम सम्झौता गरेका यी कम्पनीहरूले गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए । एकिकृत कारोबारका लागि नियामक निकायहरूबाट पनि अन्तिम स्वीकृति प्राप्त भैसकेको जानकारी समेत कम्पनीहरूले दिएका छन् । नेपाल धितोपत्र बोर्डबाट वैशाख ३ गते र नेपाल बीमा प्राधिकरणबाट चैत २६ गते मर्जरका लागि कम्पनीहरूले अन्तिम स्वीकृति प्राप्त गरेका हुन ।  यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी भने हाल रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको छ । बोनस पछि प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुग्नेछ ।  

सम्बन्धित सामग्री

आइएमई र प्रुडेन्सियल कम्पनीको एकीकृत कारोबार सुरु

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आइएमई जनरल प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनीबीच मर्जर भएपछि बनेको कम्पनीको अध्यक्षको रूपमा हेमराज ढकालले शपथ लिएका छन् । यी दुई कम्पनीले गत माघ २९ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीले चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर मर्जरको प्रस्ताव […]

२७ वैशाखबाट आइएमई जनरल र प्रुडेन्सियलको एकीकृत कारोबार हुँदै

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर २७ वैशाखबाट एकीकृत कारोबार गर्ने भएका छन् । गत २७ माघमा यी दुई कम्पनीले एक–आपसमा मर्ज हुने प्रारम्भिक सहमति गरेका थिए ।...

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान सेबोनको अन्तिम स्वीकृति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्तिम स्वीकृति दिएको छ । यी दुई कम्पनीले मर्जरमा जाने स्वीकृति पाउन वैशाख ३ गते सेबोनमा निवेदन दिएका थिए । सेबोनले कम्पनीहरूको निवेदनअनुसार यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति दिएको हो । सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

आइएमई जनरल र प्रुडेन्सियलबीच मर्जरको अन्तिम सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दुवै कम्पनी एक आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति […]

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरका लागि अन्तिम सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले चैत ५ गते अन्तिम सम्झौता गरेका हुन् । अब दुवै कम्पनीले विशेष साधारण सभामार्फत मर्जरको प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरी एकीकृत कारोबारको तयारी गर्ने बताएका छन् ।  दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित सम्झौता अनुसारकै समान हैसियतमा गाभिने अन्तिम सम्झौता भएको बताइएको छ । नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजार छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी भने हाल रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार छ । यो पूँजीको आधारमा ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । प्रस्तावित बोनससहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुग्नेछ ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक–आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भएको छ । आइतवार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीबीच भएको प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनको आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयर अनुपात स्वाप रेशियो १ः१ कायम रहने सम्झौता भएको छ । यी दुई कम्पनीले गत माघ २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए ।

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । शुक्रवार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा आइएमी जर्नल र प्रुडेन्सियल बिच प्रारम्भिक सम्झौता सम्पन्न भएको हो । सम्झौतामा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद […]

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुँदै

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक–आपसमा गाभ्ने–गाभिनेसम्बन्धी प्रारम्भिक