काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक–आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भएको छ । आइतवार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीबीच भएको प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनको आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयर अनुपात स्वाप रेशियो १ः१ कायम रहने सम्झौता भएको छ । यी दुई कम्पनीले गत माघ २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए ।