काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मर्जरमा जाने प्रारम्भिक सहमति गरेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई पूर्वस्वीकृति प्रदान गरेको छ ।
बीमा प्राधिकरणको निर्देशनअनुसार पूँजी वृद्धि गर्नका लागि मर्जरमा जान लागेका यी दुई कम्पनीको मर्जर प्रक्रिया अघि बढाउन सेबोनले पूर्वस्वीकृति दिएको हो ।
यी दुई कम्पनीले मर्जर जाने प्रारम्भिक सम्झौतामा माघ २७ गते हस्ताक्षर गरिसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरी डीडीए गरेर सम्पत्ति तथा दायित्व निर्धारणपछि दुई कम्पनी एक आपसमा गाभिनेछन् ।
यद्यपि कम्पनीको नामको विषयमा सहमति हुन बाँकी नै छ । बीमा प्राधिकरणभित्र यही माघ २७ गते दुई कम्पनीका बीचमा जबर्जस्ती मर्जर सहमति भएको थियो ।