शाहवंशीय राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक इतिहास झस्काउने गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ । गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहिबार नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गर्नुभएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । उहाँले ग्यालरी, …