काठमाण्डाै - विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी भएको छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल नागरिकका लागि खुला गरिएको थियो । तर भूकम्पका कारण बन्द रहेको गद्दी बैठक पुनः खोल्न लागिएको हो । गद्दी बैठक पूर्ण रुपमा खोल्न हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट निर्णय गर्न लागिएको हो ।
गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवम् सशस्त्र द्वन्द्वकालका दस्ताबेज र पृथ्वीनारायण शाहक...