२०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयोजनार्थ खुला गरिएकाे हाे । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य जारी छ ।पृथ्वीवीरविक्रम शाह राजा