नेकपा एमाले मकवानपुरले आगामी चैत २५ गतेभित्र स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट गर्ने भएको छ । एमाले मकवानपुरको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले एक सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गर्दै आगामी चैत २५ भित्रै उम्मेदवार छनौट गर्ने तय गरेको हो ।कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत २३ र २४ गते तथा पालिका बैठक सम्पन्न गरेर २५ गते सबै स्थानीय तहका उम्मेदवार टुङ्ग्याउन भनेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरूको उम्मेदवार तथा पालिका बैठक