नेकपा एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।यसअघि चैत १ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने विधि तय गरेकोमा पोलिटब्युरो बैठकले त्यसलाई हेरफेर गर्दै वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस