नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्न चर्को दबाब परे पनि सभापति शेरबहादुर देउवाले बेवास्ता गरेका छन् । सरकारमा मन्त्री बनाउँदा पनि उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बेवास्ता गरे । पार्टीमा देखिएका समस्या समाधानका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि अस्वीकार गरे ।